“हाम्रो पाठ्यक्रमको यात्रा भाग - ३”
संस्कृति, कला र परम्परामार्फत सिकाइको उत्सव | कक्षा १–३ को शैक्षिक यात्रा सफलतापूर्वक सम्पन्न
एकीकृत पाठ्यक्रम अन्तर्गत कक्षा १, २ र ३ का विद्यार्थीहरूद्वारा प्रस्तुत “हाम्रो पाठ्यक्रमको यात्रा” कार्यक्रम अत्यन्त सफलतापूर्वक सम्पन्न भयो।
यस कार्यक्रममार्फत विद्यार्थीहरूले कक्षाकोठामा सिकेका सैद्धान्तिक ज्ञानलाई नेपालको समृद्ध संस्कृति, कला, लोकरीति, परम्परा र चालचलनसँग जोड्दै अभिनय, नृत्य, गीत तथा सिर्जनात्मक प्रस्तुतिहरूका माध्यमबाट व्यवहारिक रूपमा अभिव्यक्त गरे।
कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास, सिर्जनशीलता, संप्रेषण क्षमता, समूहकार्यको भावना तथा आफ्नै सांस्कृतिक पहिचानप्रतिको गर्वलाई अझ सशक्त बनायो।
कार्यक्रमलाई सफल बनाउन उपस्थित भई हौसला प्रदान गर्नुहुने सम्पूर्ण अभिभावकज्यूहरूलाई हार्दिक धन्यवाद। तपाईंहरूको साथले यो शैक्षिक यात्रा अझ अर्थपूर्ण र प्रेरणादायी बन्न सफल भयो।